Project: 8 : Basanta Kokil

Project 8                                

    वर्षा ऋतु

 मन पर्‍यो मलाई छ ऋतु मध्ये वर्षा साथमा

दरदर पानी दर्कन्छ फेरि कलिला पातमा

हिलो र चिप्लो त्यो बाटो पनि सफा नै भएर

किसानको मुहार हँसिलो हुन्छ खेतमा गएर ।।

पानी नै छेक्ने ओढेर काम गर्दछन बारीमा

ऐँचो र पैँचो गरेर काम वारी र पारीमा

गाउँछन् गीत साँझ बिहान मेला र पातमा

रोपार बाउसे मिलेर हिलो खेल्दछन् साथमा ।।

भेल बाढी आउँछ पहिरो जाने साउनको महिनामा

किसानकी छोरी गर्दछिन मेहेनत चल्दिनन बैनामा

असार र साउन वर्षिदो महिना पानी नै परेर

रमाइलो हुन्छ साउनको महिना बादल लागेर ।।

किसानले वीऊ छरेर बस्छन वर्षाको पर्खाइमा

रोपेर मानो उब्जाउछन् मुरी खेतका फाँटमा

पँधेरा अनि कुवा र खोला उर्लिदो भएर

सुकेका खोला उराठ लाग्दा हटे नि गएर ।।

खीर खाने दिन भनेर मान्ने नेपाली चलन

नेपाल धर्ती सिगारुँ अब यही ऋतु ठुलो धन ।।

 

नाम : सबिना खत्री

कक्षा : ९

रोल नं. : १३

विधालय : एडिफाई इन्टरनेश्नल स्कूल